जोडिनुहोस
आइतवार, माघ २०, २०८१
आइतवार, माघ २०, २०८१
  • होमपेज
  • हिमालयन लाइफको बोनस शेयर घोषणा

हिमालयन लाइफको बोनस शेयर घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (माघ ४ गते) बसेको बैठककले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय छ। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

बोनस शेयरमा लाग्ने कर भने शेयरधनीहरुलाई आफैँले तिर्नुपर्ने कम्पनीले जनाएको छ। प्रचलित कानुनी व्यवस्थाबमोजिम बोनस शेयरमा लाग्ने करबापतको रकम स्वयं शेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधरणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

बोनस शेयर वितरणपछि हिमालयन लाइफको चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ पुगेको छ। जुन लाइफ इन्स्योरेन्स कम्पनीहरुमध्ये सबैभन्दा धेरै हुनेछ।

160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका