

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैकिङ क्षेत्रमा रहेको तरलतालाई उत्पादन तथा रोजगारी सिर्जनामा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘बैंकहरुमा तरलता विस्तार भएको छ । यसलाई उत्पादन, उत्पादकत्व र रोजगारीमा प्रयोग गर्न बैंकहरुले योजना बनाएर अघि बढ्नुपर्छ ।’
यसका साथै उनले असाधारण मेहनतबाट अघि बढ्न समेत बैंकका कर्मचारीहरुलाई आग्रह गरेर उनले भने, ‘संकट र चुनौतीलाई सामना गर्दै बैंक यो अवस्थामा आइुपगेको छ । व्यवसायिक र दक्षताका हिसाबले पनि अन्य बैंकहरुलाई उछिन्न सकोस् । औसत काम अल्झिएर मात्र सफलताको मूंल्यांकन गर्ने मानसिकताबाट उठेर असाधारण मेहनतबाट अघि बढ्नुहोस् ।’
अर्थमन्त्री पौडलले दबाबमा रहेको अर्थततन्त्रलाई सकारात्मक दिशातर्फ उन्मुख गरेको दाबी गरे । उनले भने, ‘मुलुकको अर्थतन्त्र दबाब र च्यापमा रहेको छ । यस् समस्यारुहलाई चिन्दैं र चिर्दै अहिलेको सफलतामा आएका छें । यतिमा मात्रै चुप लागेर बस्ने बेला छैन । उत्पादन, उत्पादकत्व र रोजगारीमा जोड दिई अघि बढ्न आवश्यक छ ।’