जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मीनबहादुर गुरुङको बयान : मैले व्यक्तिको जग्गा किनेको हुँ, सरकारी होइन

मीनबहादुर गुरुङको बयान : मैले व्यक्तिको जग्गा किनेको हुँ, सरकारी होइन

भाटभटेनीका संचालक मीनबहादुर गुरुङले ललिता निवास प्रकरणमा आफुले व्यक्तिको जग्गा किनेको बताएका छन्। सरकारी जग्गा खरिद नगरेकाले आफू माथि गलत आरोप लगाएको उनले बयानका क्रममा भनेका छन्। ललिता निवास प्रकरणमा प्रहरी हिरासतमा रहेका उनले बयानका क्रममा भने, ‘जग्गाहरु व्यक्तिको नाममा कायम भए पश्चात खरिद गरिएको हो। सो जग्गा के कति रकममा को कसबाट खरिद गरिएको थियो हाल मैले बिर्सिए। मैले व्यक्तिको जग्गा खरिद गरेको हुँ। सरकारी जग्गा खरिद गरेको होइन। ललिता निवास क्याम्प भित्रको मेरो, मेरो परिवार तथा मेरो आफन्तको नाममा दर्ता कायम भएको जग्गाहरु खरिद गर्दा स्थलगत रुपमा साँध सिमाना छुट्याईएको थियो।’

गुरुङले २०६०/६१ सालतिर ललिता निवास क्याम्प भित्रको जग्गा खरिद गर्ने समयमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसँग भेट भएको बताएका छन्। त्यसपछि ललिता निवास क्याम्प भित्रको जग्गा तीन जनाको संयुक्त नाममा समेत खरिद गरेको उनले प्रहरीलाई बयानका क्रममा भनेका हुन्। तीनजना मिलेर भाटभटेनी डेभलपर्स प्रालि खोली जग्गा विकासको काम गरेको उनले बताएका छन।

मीनबहादुरले बयानमा भनेका छन्,’ भाटभटेनी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रही संचालनमा रहेको छ। उक्त कम्पनिको संचालकहरुमा म, मेरो श्रीमती साबित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेका छौं। म र मेरी श्रीमती साबित्री गुरुङको नाममा ५१ प्रतिशत शेयर रहेको छ भने रामकुमार सुवेदी र शोभाकान्त ढकालको गरी ४९ प्रतिशत शेयर लगानी रहेको छ। हामीले ललिता निवास क्याम्प भित्र खरिद गरेको जग्गामा ढल, बाटो, बत्ति आदीको व्यवस्था गर्न भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिदर्ता गरेका हौं।’

ललिता निवास क्याम्प भित्रको ५ रोपनी जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनीको नाममा खरिद गरेको पनि उनले बताएका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास प्रकरणमा गुरुङलाई साउन १२ गते पक्राउ गरेको थियो।

 

845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका