बैंकिङ्ग
सिद्धार्थ बैंकको प्रिमियम भिसा प्लेटिनम क्रेडिट कार्ड : ग्राहकलाई निशुल्क कार्डदेखि ७ थरीका सुविधा


सिद्धार्थ बैंकले नेपालमा प्रिमियम बैंकिङलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले ‘सिद्धार्थ भिसा प्लेटिनम क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। उच्च वर्गीय ग्राहक तथा प्रिमियम सेवाको खोजी गर्ने व्यक्तिहरूलाई लक्षित यो कार्डले आकर्षक सेवा, यात्रा सुविधाहरू, र जीवनशैली विशेषाधिकार प्रदान गर्ने उद्देश्य राखेको छ। यसका विशेषताहरुमा निःशुल्क लाउन्ज एक्सेस, प्राथमिक बैंकिङ सेवा, विशेष छुट, निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड रहेका छन्।
प्लेटिनम कार्डधारकहरूले वर्षमा दुई पटकसम्म विश्वभरका १ हजार ५०० भन्दा बढी विमानस्थल लाउन्जहरूको निःशुल्क पहुँच पाउनेछन्। यस सुविधाले आरामदायी बसाइ, खानपान, वाईफाई, र व्यापारिक सेवाहरू उपलब्ध गराउनेमा बैंक विश्वस्त छ । थाइल्यान्ड, मलेसिया, सिंगापुर, कतार, यूएई, चीन, भारत र अष्ट्रेलियाजस्ता गन्तव्यहरूको यात्राका लागि यो विशेष लाभदायक भएको बैंकले जनाएको छ।
त्यस्तै कार्डधारकहरूले समर्पित रिलेसनसिप म्यानेजर, छिटो सेवा, र प्राथमिकता लाइनजस्ता सुविधाहरू प्राप्त गर्नेछन। भने, युनो पार्टनर आउटलेटहरूमा कार्ड प्रयोग गर्दा ग्राहकहरूले भोजन, किनमेल, र मनोरञ्जनमा विशेष छुट पाउनेछन्। ग्राहकले युनो मोबाइल एपमा दर्ता गरेर उपलब्ध छुटहरूको जानकारी लिन सक्ने बैंकले जनाएको छ।
त्यस्तै, नयाँ कार्डधारकहरूले निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड पाउनेछन्, जसले विदेशी मुद्रामा भुक्तानी गर्दा अतिरिक्त शुल्क हटाएर सहज बनाउँछ। त्यस्तै अतिरिक्त सुविधाहरुमा कार्डको सुरुवातको अवसरमा ग्राहकले बैंकले पहिलो तीन महिनासम्म वार्षिक शुल्क ५,००० रुपैयाँमा ५० प्रतिशत छुट दिने घोषणाको लाभ उठाउन सक्नेछन। साथै, यो अवधिमा कार्ड लिने ग्राहकहरूले निःशुल्क ट्राभल कार्डको सुविधा पनि पाउनेछन्। सिद्धार्थ बैंकले ‘सिद्धार्थ भिसा प्लेटिनम क्रेडिट कार्ड’ मार्फत लक्जरी बैंकिङलाई नयाँ परिभाषा दिन खोजेको छ। कार्डले वित्तीय लचीलापन, यात्रा सुविधाहरू, र विशेषाधिकारहरूको संयोजनमार्फत ग्राहक सन्तुष्टि वृद्धि गर्ने लक्ष्य राखेको छ। ग्राहकले यो कार्डका लागि नजिकको सिद्धार्थ बैंक शाखामा सम्पर्क गर्न सक्नेछन् वा अनलाइनमार्फत दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन्।