जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ‘बिट द प्लाष्टिक’ भन्दै सिटिजन्स बैंकले धनगढीमा गर्‍यो वृक्षारोपण

‘बिट द प्लाष्टिक’ भन्दै सिटिजन्स बैंकले धनगढीमा गर्‍यो वृक्षारोपण

सिटिजन्स बैंकले ‘बिट द प्लाष्टिक’ भन्ने नारालाई आत्मसाथ गर्दै सुदूरपश्चिम प्रदेशको धनगढीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न रुख तथा बोट विरुवा जर्गेना गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २९ गते वृक्षारोपण गरेको हो।

विश्व वातावरण दिवस २०२५ को अवसर पारेर वडा नम्बर ३ कार्यालय परिसर, धनगढीमा करिब १००भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपिएको बैंकले जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि देशका विभिन्न स्थानहरुमा स्वास्थ शिविर संचालन गर्नुका साथै समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोग गर्दै आएको छ।

1715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका