जोडिनुहोस
शनिबार, फाल्गुन २४, २०८१
शनिबार, फाल्गुन २४, २०८१
  • होमपेज
  • लोन लिन खोज्दै हुनुहुन्छ ?, यी बैंकमा पाइन्छ सस्तो लोन

लोन लिन खोज्दै हुनुहुन्छ ?, यी बैंकमा पाइन्छ सस्तो लोन

पछिल्लो समय बैंकहरुको व्याजदर घटेको छ भने बैंकहरुमा कर्जा प्रवाह हुन सकेको छैन। हाल बैंकहरुमा निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार न्यून हुँदा ब्याजदर लगातार घटेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पुस मसान्तसम्म बैंकिङ प्रणालीमा ५ खर्ब ९७ अर्ब ६४ करोड रुपैयाँ तरलता मौज्दात छ। अघिल्लो वर्षको सोही अवधिमा प्रणालीमा १ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ तरलता मौज्दात थियो। गत वर्षको तुलनामा चालु आर्थिकको ६ महिनामा बैंकिङ प्रणालीमा २०५.८५ प्रतिशतले लगानीयोग्य रकम बढेको राष्ट्र बैंकले तथ्यांक छ ।

२०८० पुसमसान्तको तुलनामा २०८१ पुसमसान्तमा बैंकहरुको आधार दर बढीमा ३.४३ प्रतिशत बिन्दुदेखि २.३६ प्रतिशत बिन्दुले घटेको छ । नेपाल राष्ट्र बैंले आधार दर मात्रै नभएर ब्याजदर अन्तर (स्प्रेड दर) मार्फत पनि ब्याजदरलाई नियन्त्रित सीमाभित्र राख्दै आएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुले निक्षेपमा कर्जामा लिने ब्याजदरबीचको भारित औसत अन्तर ४ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । सोही सीमाभित्र रहने हुँदा आधार कोषको लागतसँगै आधार दर घट्ने र त्यसले कर्जाको भारित औसत ब्याजदर पनि घट्दै जाने हुन्छ ।


पछिल्लो एक वर्षमा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकको आधार दर घटेको छ । ७ बैंकको आधार दर ३ प्रतिशत बिन्दु भन्दा माथिले घटेको छ । एक वर्षको अवधिमा कुमारी बैंकको आधार दर ३.४३ प्रतिशत बिन्दुले घटेको छ । यस्तै कृषि विकास बैंकको ३.३३ प्रतिशत, प्राइम कमर्सियल बैंकको आधारदर ३.३१ प्रतिशत, हिमालयन बैंकको ३.२९ प्रतिशत, एभरेष्ट बैंकको ३.२१ प्रतिशत बिन्दुले आधारदर घटेको हो । यस्तै लक्ष्मी सनराइजको आधार दर ३.१८ प्रतिशत र एनएमबि बैंकको ३.०३ प्रतिशत बिन्दुले आधार दर घटेको छ ।

२०७९ पुस मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.९१ प्रतिशत पुगेकोमा २०८१ मंसिर मसान्तमा ६.८२ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांक छ । २०७९ पुसयताको २३ महिनामा वाणिज्य बैंकहरूको औसत आधार दर नै ४.०९ प्रतिशत बिन्दुले झरेको छ । आधार दर झरेसँगै कर्जाको भारित औसत ब्याजदर पनि घट्दै गएको छ । २०७९ फागुनमा १३.०३ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर २०८१ मंसिरमा ८.९० प्रतिशतमा झरेको छ । बैंकहरूले प्रकाशित गरेको पुसको आधार दर हेर्दा सबैभन्दा सस्तो कर्जा संयुक्त लगानीका स्ट्यान्डर्ड चार्टर्ड सँगै सरकारी लगानीको राष्ट्रिय वाणिज्य र त्यसपछि एभरेष्ट र नेपाल बैंकमा छ ।

यस्तै कर्जाको ब्याजदर उच्च पर्ने बैंकमा भने एनआईसी एसिया र हिमालयन बैंक छन् । पुसको आधार दर ३ वटा बैंकको ६ प्रतिशतभन्दा तल झरेको छ । स्ट्यान्डर्ड चार्टर्डको २०८० पुसमा ७.७३ प्रतिशत रहेको आधार दर २०८१ पुसमा ५.१३ प्रतिशतमा झरेको हो । यस्तै राष्ट्रिय वाणिज्य बैंकको आधार दर २०८० पुसमा ८.२५ प्रतिशत रहेकोमा २०८१ पुसमा ५.४४ प्रतिशतमा झरेको छ । एभरेष्ट बैंकको आधार दर ८.८७ प्रतिशतबाट ५.६६ प्रतिशत र नेपाल बैंकको आधार दर ८.८३ प्रतिशतबाट ६.१६ प्रतिशतमा झरेको छ । नबिल बैंकका आधार दर ९.०७ प्रतिशतबाट ६.३१ प्रतिशतमा झरेको छ ।

कर्जा लिन ग्राहकलाई सबैभन्दा महँगो ब्याजदर एनआईसी एसिया र हिमालयनमा पर्ने देखिएको छ । एनआईसीको आधार ७.५२ प्रतिशत र हिमालयनको ७.३० प्रतिशत छ । २०८० पुसमा मसान्तमा यी दुईको आधार दर क्रमशः १०.१० र १०.५९ प्रतिशत थियो ।

230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?