जोडिनुहोस
बिहिबार, बैशाख ११, २०८२
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकले घर बनाउन  ७.९९ प्रतिशतमा २ करोड रुपैयाँ कर्जा दिने

सिटिजन्स बैंकले घर बनाउन  ७.९९ प्रतिशतमा २ करोड रुपैयाँ कर्जा दिने

मानिसरूका लागि आधारभूत आवश्यकता भित्रपर्छ ‘घर’ । यतिबेला घर बनाउने सिजन पनि हो । घर बनाउँदा कस्तो बनाउने र कहाँ बनाउने भन्ने विषय सम्बन्धित व्यक्तिको आर्थिक क्षमतामा निर्भर पर्छ । नयाँ घर निर्माणको योजना छ तर पैसाको खोजिमा हुनु हुन्छ ? नयाँ घर बनाउने सपना छ तर पैसा नभएर रोकिनु भएको छ भने अब ढुक्क हुनुस् । किनभने सिटिजन्स बैंकले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइरहेको छ ।

बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराइरहेको छ । नागरिकहरूको घर बनाउने सपनालाई पुरा गर्ने उद्धेश्यले बैंकले ७ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको हो ।


बैंकले उक्त योजनाअन्तर्गत कायम रहेको व्याजदर ७ बर्षसम्म स्थिर रहने छ । ७ वर्षपछि भने बैंकको आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर निर्धारण गर्ने जनाएको छ ।

बैंकले जग्गा र भवन खरिद गर्न, भवन निर्माण गर्न अधिकतम २ करोड रुपैयाँसम्म कर्जा दिने जनाएको छ । ऋणको अधिकतम अवधि २५ वर्ष तोकिएको छ । तर, ग्राहकको क्षमताका आधारमा २५ वर्षभन्दा कम अवधिमा पनि ऋण चुक्ता गर्न सकिने बैंकको भनाइ छ ।

बैंकका अनुसार जग्गा खरिद, भवन तथा अपार्टमेन्ट निर्माण गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा अवस्थित कर्जा सार्नका लागि पनि पनि कर्जा दिनेछ । बैंकले जग्गा खरिद गर्ने उद्देश्यका लागि मात्रै पनि ऋण दिनेछ । तर, यस्तो अवस्थामा ब्याजदर भने थोरै बढी हुनेछ ।

यस योजनामा बैंकले ०.७५ प्रतिशत स्ट्याण्डर्ड प्रोसेसिङ शुल्क तोकेको छ । साथै अन्य शुल्कहरू कर्जा सूचना केन्द्र, मालपोत कार्यालय र.मूल्याङ्कनकर्ता (इन्जिनियर)ले तोकेको आधारमा शुल्क तोकिने बैंकले जनाएको छ ।

कर्जा लिनका लागि नागरिकता, प्यान र विवाह दर्ताको प्रमाणपत्र लगायत कागजातहरू आवश्यक पर्नेछ । यस्तै, जग्गा स्वामित्व प्रमाणपत्र (लालपुर्जा), मालपोत तिरो, निर्माण जजतपत्र, स्वीकृत नक्सा (नक्सा पास), निर्माण सम्पन्न प्रमाणपत्र लगायत कागज पनि आवश्यक पर्नेछ ।

यस्तै, ऋणको आम्दानीको स्रोत अनुसार तलब प्रमाणपत्र/भाडा सम्झौता/व्यापार कागजात साथै कर चुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन लगायतका आगज पनि आवश्यक पर्ने बैंकको भनाइ छ । बैंकले देशभरका सबै १९७ शाखाहरूबाट ऋण उपलब्ध गराउनेछ । हालै बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल बैंकले उत्कृष्ट बैंकिङ सेवा सुविधाहरू प्रदान गर्दै आएको छ ।

315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका