जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रधानमन्त्री ओलीले भने- आर्थिक अभावका कारण उपचार नपाउने अवस्थाको अन्त्य हुनुुपर्छ

प्रधानमन्त्री ओलीले भने- आर्थिक अभावका कारण उपचार नपाउने अवस्थाको अन्त्य हुनुुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुुपर्ने बताएका छन्।

मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उनले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

‘जीवन विकास सामुुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्था हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ। संसारमा कमै मात्र यस्ता अस्पताल हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘२ सय शय्याबाट ३ सय शय्यामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज संचालन गर्ने जीवन विकास समाजको योजना पूरा होस्। सरकार आवश्यक सहयोग गर्न तयार छ।’

अस्पतालका अध्यक्ष एवं सङ्घीय सांसद योगेन्द्र मण्डलको सृजनशील, सहकारिता र एकताबद्ध प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलता र रोजगारी वृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यसैगरी काम गर्नुपर्नेमा जोड दिए। उनले अनुकूल प्रतिफल नहुने र तिर्न नसक्ने ऋण लिएर लगानी खेर फाल्नुभन्दा यस्तै अनुकरणीय काम गर्न अन्य जनप्रतिनिधि र पार्टीका नेतालाई पनि आग्रह गरे। रासस

1310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका