जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • सिटिजन्स म्युचुअल फण्ड-१ एक महिनापछि परिपक्व हुँदै, खारेजीका लागि नेप्सेमा पुग्यो पत्र

सिटिजन्स म्युचुअल फण्ड-१ एक महिनापछि परिपक्व हुँदै, खारेजीका लागि नेप्सेमा पुग्यो पत्र

सिटिजन्स म्युचुअल फण्ड १ नामक बन्दमुखी योजना खारेजीका लागि योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले नेपाल स्टक एक्सचेन्जलाई पत्र लेखेको छ। ७ वर्षे बन्दमुखी योजना आगामी फागुन १९ गते परिपक्व हुने भएकाले खारेजीका लागि सिटिजन्स क्यापिटलले पत्र लेखेको हो।

सामूहिक लगानी कोष नियमावली, २०६७ को दफा ३१ (८) मा ‘योजनाको निर्धारित अवधि समाप्त हुनुभन्दा कम्तिमा एक महिना अगाडि सूचीकरण खारेजीका लागि धितोपत्र बजारमा निवेदन दिनु पर्ने’ व्यवस्था छ। त्यही व्यवस्था अनुसार सिटिजन्स क्यापिटलले परिपक्व भएपछि सूचीकरण खारेज गरी योजनाका इकाईहरुको धितोपत्र बजारमा कारोबार बन्द गराउन पत्र लेखेको हो।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्धक रहेको योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरका ८ करोड २० लाख इकाई छन्।

1310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका