जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२

तरलता सुधारको संकेत

विकास ऋणपत्रको ब्याजदर बढ्न थालेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले माघ महिनामा निष्कासन गरेको विकास ऋणपत्र बैंक तथा वित्तीय संस्थाले पाँच महिनापछि पाँच प्रतिशत भन्दा धेरै ब्याजदर बोलकबोल गरेका हुन् । कार्यालयले चालु आर्थिक वर्षमा १७ पटक बण्डको बोलकबोल गरेको छ । यसमध्ये साउन महिनामा गरिएको बोलबकोलमा ब्याजदर ५ प्रतिशतभन्दा माथि थियो । भदौदेखि पुससम्म गरिएको बोलबकोलमा ब्याजदर बढ्न सकेको थिएन ।

योबिचमा तीन वर्षे विकास ऋणपत्रको ब्याजदर ३.७९ प्रतिशतसम्म झरेको थियो । योबिचमा १० वर्ष अवधिको ऋणपत्रको ब्याजदर समेत ४.३४ प्रतिशतमा कटअफ भएको थियो । माघ महिनामा कार्यालयले पाँच पटकसम्म ऋणपत्रको ब्याजदर बोलकबोल गराएको छ । यसमध्ये ब्याजदर बोलकबोल गरेको छ । यसमध्ये चार पटक ब्याजदर ५ प्रतिशत भन्दा माथिको विन्दुमा कटअफ भएको देखिन्छ ।

कार्यालयले माघ २ गते ९ वर्षे विकास ऋणपत्रको बोलकबोलमा ब्याजदर ५.५९ प्रतिशतमा कटअफ भएको थियो । त्यस्तै, माघ १० गते निष्कासन भएको ८ वर्षे ऋणपत्रमा ५.०४ प्रतिशतमा कटअफ भएको थियो । त्यस्तै, १५ गते ११ वर्षे ऋणपत्र बोलकबोलमा ५.०५ प्रतिशत, २३ गते ६ वर्षे ऋणपत्रको बोलबकोलमा ४.५० प्रतिशत बोलकबोल भएको थियो । माघको अन्तिम दिन गत बुधबार भएको पछिल्लो बोलकबोलमा फेरि ब्याजदर बढेर कटअफ प्राइस ५.३४ प्रतिशत पुगेको हो

1535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?