जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समिटमा प्रधानमन्त्री ओली ज्यूको कुनै त्रुटी छ भने भन्न सक्नुपर्यो ?

समिटमा प्रधानमन्त्री ओली ज्यूको कुनै त्रुटी छ भने भन्न सक्नुपर्यो ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले गत शुक्रबारको सचिवालय बैठक बहिस्कार गरेपछि विवाद सतहमा आएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहिस्कार गरे । नेकपा सचिवालय बैठक त्यो दिन अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो । तर, आधा घन्टा कुर्दा पनि बैठक सुरु नभएको भन्दै चार नेता बालुवाटारबाट हिँडेका हुन् । यो सँगै सत्तारुढ दल नेकपा आन्तरिक किचलोको चंगुलमा फसेको हो । अर्कोतिर सरकारको कामप्रति पनि असन्तुष्टी चुलिदै गएको छ । सरकारका काम कारबाही र एसिया प्यासिफिक समिटमा सहभागिता भएकोबारे पनि गम्भिर प्रश्न उब्जिएको छ । यसै विषय केन्द्रित रहेर सचिवालयका महासचिव विष्णु पौडेलसँग राजतिलक साप्ताहिक प्रतिनिधीले गरेको कुराकानीः–
० नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक चार जना नेताले बहिष्कार गर्नुभयो । तिक्तता छताछुल्ल भयो । आखिर के कुरा ?
उहाँहरुले किन यसो गर्नुभयो भन्नेमा हामी पनि आश्चर्यचकित भएका छौँ । मैले केही बुझ्न सकेको छैन । बैठक ३ बजेको लागि तय भएको थियो । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ३ बजे नै वालुवाटार प्रवेश गरेर आन्तरिक छलफलमा हुनुहुन्थ्यो । चार जना नेताहरुलाई मैले यस विषयमा जानकारी गराएको थिएँ । त्यसको केही समयपछि उहाँहरु हिँड्नुभएछ । कारणका बारेमा पार्टी भित्र छलफल भइरहेको छ ।

० वास्तवमा मिटिंग बोलाएर अध्यक्ष ओली र दाहाल के छलफलमा व्यस्त हुनुहुन्थ्यो ?
उहाँहरु बैठक कक्षमा प्रवेश गर्नका लागि आउँदै हुनुहुन्थ्यो । ६४ सालमा उदयपुर जिल्लाबाट चुनाव जित्नुभएका मणी खम्बुले अध्यक्षहरुलाई भेट्न आउनुभयो । उहाँ एउटा सक्रिय महिला नेतृ पनि हो । तर अहिले क्यान्सर पीडित हुनुहुन्छ । उहाँको स्वास्थ अवस्थाबारे जानकारी लिनका लागि अध्यक्ष ज्यूहरु रोकिनुभयो । १० मिनेट समय त्यहाँ लाग्यो । ओली र दाहाल बैठक कक्षमा पुग्दा ३ बजेर १७ मिनेट गएको थियो । त्यहाँको तत्कालिन वास्तविक यही हो । किन त्यसो भो ?

० तर नेताहरुलाई अपमानित गर्ने गरी धेरै समय कुराइयो भन्ने कुरा आएको छ नि ? औपचारीक बैठक डाकेर लामो समय रोक्न मिल्छ ? भन्ने सम्मको कुरा आएको छ नी ?
कोही नेतालाई पनि अपमानित गरिएको छैन । अपमानित गर्ने उद्धेश्य र सन्दर्भ केही पनि थिएन । जम्मा जम्मी क्यान्सर पीडित महिला नेतृसँग १० मिनेट मात्रै ढिला भएको हो । नारायणकाजी श्रेष्ठले पनि मलाई ३ ः १५ मा बाहिरएको म्यासेज गर्नुभएको थियो । यसै विषयलाई उहाँहरुले तयती विषम बनाउनु होला जस्तो मलाई लाग्दैन । उहाँहरुले बैठक छोडेर हिँडिसकेपछि बैठक स्थगित गरेर सहमति खोज्नुको साटो ५ जनाले बैठक गर्नुभयो ।
० यसले आगामी दिनमा थप तिक्तता पैदा गर्दैन ? पार्टीमा संकट निम्तिदैन र ? कार्यकर्तामा अन्योल बढ्छ नी होइन र नेता ज्यू र

हामी सबै एकसाथ छौं । त्यती बाधा अड्चन तर्फ आर्कषित हुनुहुदैन भन्ने लाग्छ ? नेताहरुको बहिस्कार घटनाका बारेमा कमरेडहरुले अझै केही भन्नुहोला ।

० बामदेव गौतमले त अबदेखि प्रधानमन्त्री निवासमा होइन, पार्टी कार्यालयमा बस्नुपर्छ भन्नुभएको छ नि ?
बैठक त पार्टी कार्यालयमा पनि बस्छ नि । २९ गतेको स्थायी कमिटिको बैठक पार्टी कार्यालयमै राख्छौँ । राख्दैछौं ।

० तर बामदेव गौतम, झलनाथ खनाल र माधवकुमार नेपालको पनि त असन्तुष्टी छ नि ?
मैले ठूला नेताहरुको विषयमा कुरा गर्न मिल्यो र ? मेरा वरिष्ठ नेताहरुले भनेको कुराप्रति म टिप्पणी गर्न सक्दिन ।

० सरकारको कामप्रति पनि शीर्ष नेताहरुले नै सन्तुष्टी व्यक्त गर्न सकेका छैनन् । अब कसरी अगाडि बढ्नुहुन्छ ?
सरकारले राम्रो काम गर्यो वा गरेन भन्ने कुरा आम जनताले मूल्याङ्कन गर्ने हो । सरकारले राम्रो काम गरिरहेको छ । अझै राम्रो काम गर्ने तयारी अगाडि बढाइरहेको छ ।

० तपाईको पार्टीभित्र विवाद बढ्दै गयो । प्रवक्ता नारायणकाजी श्रेष्ठले त प्रधानमन्त्रीले पार्टी चलाउनु हुँदैन भन्नुभयो । बैठक पनि बहिष्कार हुन थाल्यो । समस्या चुलिएको हो ?
नारायणकाजी श्रेष्ठ बैठक छोडेर हिँड्नुहुन्छ । बैठकमा राख्नुपर्ने कुरा रेडियो र टेलिभिजनमा भन्दै हिँड्नुहुन्छ । यो त पार्टीविरुद्ध भइहाल्यो नि । उहाँ प्रवक्ता हो हाम्रो । प्रवक्ताले त विधि सिकाउने हो । निर्णय सार्वजनिक गर्नुपर्ने हो । बैठक बैठकमा के निर्णय भयो उहाँ मार्फत सार्वजानिक हुनुपर्छ ।

० सत्तारुढ दलकै प्रवक्ताले सरकारको आलोचना गर्दा कस्तो प्रभाव पर्छ ?
वास्तवमा सत्ता नेतृत्व कर्ताले गलत गरे भने त सबैले आलोचना गर्नुपर्छ । सरकारलाई ठीक ठाउँमा ल्याउनका लागि जसले पनि सुझाब दिनसक्छ ।

० सचिवालय बैठक त चार जना नेताहरुले बहिष्कार गर । प्रवक्ताको मात्रै कुरा होइन नी ?
केही केही साथीहरु बैठक छोडेर हिँड्नुभएको छ । विस्तारै आनुहोला ? । किन छोड्नुभयो थाहा पनि छैन । अब स्थायी समितिको बैठकमा थाहा होला । अहिले त मिडियाबाट मात्रै थाहा पाएका छौँ । सबैले आफ्नो जिम्मेवारी बोध गर्नुपर्यो । ठूलो पार्टीका प्रवक्ताहरुले त विधि मिलाएर बोल्नुपर्छ नि । अरुलाई दोष लगाएर मात्र भएन नी ?

० एसिया प्यासिफिक समिटमा सरकारको सहभागितालाई लिएर प्रधानमन्त्री ओली विवादमा पर्नुभयो । यसलाई कसरी लिनुहुन्छ ?
यो विषयलाई भुकम्प मच्चाउनुपर्ने खालको होइन । प्रधानमन्त्रीको हैसियतमा ओली ज्यू जानुभएको पक्कै हो तर नेपाल सरकार उक्त कार्यक्रमको आयोजक पनि होइन । प्रधानमन्त्री चिफ गेष्टको हैसियतले सहभागि हुनुभएको हो । उहाँले त्यो कार्यक्रममा दिनुभएको मन्तव्यमा कुनै त्रुटी छ भने भन्न सक्नुपर्यो ? बाकी राज्य सम्यन्त्रनै खल्वलाउन खोज्नेहरुको तितो फाल्ने काम मात्रै हो ।

० एउटा संस्थाको कार्यक्रमका लागि प्रधानमन्त्री ३ दिनसम्म होटल सोल्टीमा बस्नुभयो । यो पनि उचित नै हो ?
नेपालमा आएका गेष्टहरुसँग भेट्नका लागि मात्रै हो । विभिन्न राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख नेपाल आएका बेला भएको भेटघाटलाई सामान्य रुपमा लिनुपर्छ । मुख्य कुरा समिटमा सहभागि भएर ओलीले के कुरा बोल्नुभयो भन्ने हो । उहाँले बोलेका कुरा कुनै खोट छ र रु यदि छ भने उहाँले राखेका विचारका बारेमा बहस गरौँ न । प्रधानमन्त्रीले त समिटमा गएर नेपालको विशेषता, इतिहास र गौरवका कुरा गर्नुभएको छ ।

० सत्तारुढ दलबाटै पनि आलोचना चर्कियो नी ?
आलोचना त अभिव्यक्तिलाई लिएर हुनुपर्ने हो नि । ओलीले दिएको अभिव्यक्तिमाथि कसैले प्रश्न उठाउन सकेको छ ?

० तर पछि वुद्धिजीवीहरुलाई त गाली गर्नुभयो नि ?
प्रधानमन्त्रीले वुद्धिजीवीहरुको विरुद्धमा बोल्नुभयो भनेर चर्चा गर्न खोजिएको हो त्यसो होइन ? त्यो नितान्त गलत कुरा हो । वुद्धिजीवीहरुलाई उहाँले गाली गर्नुभएको छैन । र त्यस्तो काम उहाँबाट हँुदैन पनी ।राजतिलक साप्ताहिक

6050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका