जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप ओम्नी च्यानलमा स्तरोन्नति

एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप ओम्नी च्यानलमा स्तरोन्नति

एनआईसी एशिया बैंकले Omnichannel प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) को शुभारम्भ गरेको छ ।

बैंकले यस Omnichannel App मार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको जनाएको छ ।

हालका NIC ASIA MoBank  प्रयोगकर्ताहरूले वर्तमान NIC ASIA MoBank एपलाई अपडेट गरी Omnichannel App  मा स्तरोन्नति गर्न सक्नेछन् भने नयाँ ग्राहक महानुभावहरूले सिँधै डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको Omnichannel App बाट ग्राहकले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगायतका सुविधा पाउने छन् ।

साथै, यस बैंकमा खाता नभएका ग्राहकले यस एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नेछन् । जसबाट समेत क्यूआर भुक्तानी, युटिलिटी बील भुक्तानी लगायत अनेकौं सेवा लिन सकिनेछ ।

एनआईसी एशियाले हाल ३५९ शाखा, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ

2430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका