जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको ११.५८ प्रतिशत लाभांश पारित, पुँजी पुर्याउन हकप्रद ल्याउने

प्रभु इन्स्योरेन्सको ११.५८ प्रतिशत लाभांश पारित, पुँजी पुर्याउन हकप्रद ल्याउने

प्रभु इन्स्योरेन्सको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बुधबार सम्पन्न साधारणसभाले लगानीकर्तालाई प्रस्ताव गरेको ११.५८ प्रतिशत लाभांश पारित गरेको छ । भर्चुअल रुपमा सम्पन्न सभाले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन पारित गरेको छ ।

बीमा समितिबाट जारी भएको पूँजी बृद्धि सम्वन्धी निर्देशन बमोजिम कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड पु¥याउनको लागि हकप्रद सेयर जारी गरि पूँजी बृद्धि गर्न बिशेष प्रस्ताव पेश गरी उक्त प्रस्ताव पारित भएको छ ।

सोही अनुसार कम्पनीको पूँजी बृद्धि सम्वन्धी योजना तयार गरी बीमा समितिमा पेश गर्न साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । सभाबाट पारित बोनश सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार पुगेको छ ।

सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनी अध्यक्ष कुसुम लामाले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) र त्यसको नयाँ-नयाँ भेरियन्टको असर, तत्पश्चात बित्तिय क्षेत्रमा देखिएको तरलताको अभाव एवं प्रत्यक्ष आयात निर्यात हुने बिदेशी राष्ट्रहरुबीच भएको आपसी द्वन्द लगायतले बीमा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पारेको बताइन् । सम्भावित बीमा जोखिमहरुको आँकलन तथा सोको संयमित र अनुकुलित व्यवस्थापन नै बीमा क्षेत्रको सफलताको शुत्र भएको उल्लेख गरिन् ।

बीमा क्षेत्रमा रहेको तीब्र प्रतिस्पर्धाका बीच पूँजी, दावी भुक्तानी, व्यवस्थापन खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित दीर्घकालिन लक्ष्य प्राप्तीका लागि समस्त कम्पनी परिवार प्रयत्नशील रहेको बताइन् ।

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुको बजार, ग्राहक, लक्ष्य, उद्देश्य लगभग एकै किसिमका रहेकाले यस्तो अवस्थामा कम्पनीले प्रतिश्पर्धा गर्न ग्राहक केन्द्रित भएर आकर्षक बीमा सेवा प्रदान गर्दै अगाडि बढेको र कम्पनीको आन्तरिक व्यवस्थापनलाई व्यवस्थापन गर्दै कम्पनीले डिजिटल बीमा सेवामा बिशेष जोड दिइएको उनको भनाइ छ ।

3810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका