साधारण सभा
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले छान्यो सञ्चालक, संस्थापक र सर्वसाधारण सेयरधनीबाट को-को चुनिए?
0 टिप्पणी


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सञ्चालकहरु चयन गरेको छ। बैंकले बिहिबार ३८औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक चयन गरेको हो।
संस्थापक समूहतर्फबाट पृथ्वीबहादुर पाँडे, दिपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी र मदनकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन्।
यस्तै सर्वसाधारण शेयरधनी समूहतर्फबाट कविकुमार टिवरेवाला र शालिकराम बेल्बासे निर्वाचित भएको बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। पाँडे, राजभण्डारी, आचार्य र टिवरेवाला यसअघि पनि बैंकको सञ्चालक थिए।