जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • आइजीआई प्रुडेन्सियलको ३० लाख सहयोग, बाल अस्पताल निर्माणमा खर्चिने

आइजीआई प्रुडेन्सियलको ३० लाख सहयोग, बाल अस्पताल निर्माणमा खर्चिने

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले स्वास्थ्य संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा कम्पनीका संचालक समिति सदस्य राजेन्द्र सिंह भण्डारी, प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको समेत उपस्थिति थियो।

कम्पनीले उपलब्ध गराएको यो रकम बालबालिकाको उपचारमा विशिष्ट सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको गोल्फुटार, बुढानिलकण्ठ क्षेत्रमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च गरिनेछ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले यस्तो पुण्य कार्यमा आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको बताए। उनले सामाजिक उत्तरदायित्व अन्तर्गत बाल स्वास्थ्य क्षेत्रमा कम्पनीले निरन्तर योगदान दिने प्रतिबद्धता जनाएका छन्।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले नेपालमा बाल स्वास्थ्य उपचारको गुणस्तर सुधार गर्ने लक्ष्यसहित अस्पताल निर्माणको प्रक्रिया अघि बढाइरहेको छ। यस संस्थागत सहयोगले अस्पताल निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।

1165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?