जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ३६ वर्ष भन्दा बढि बीमा क्षेत्रमा विताएका सीइओ प्रधानको लुम्बिनी जनरल इन्स्योरेन्सको नाफामा डरलाग्दो गिरावटः बीमा शुल्क पनि घट्यो

३६ वर्ष भन्दा बढि बीमा क्षेत्रमा विताएका सीइओ प्रधानको लुम्बिनी जनरल इन्स्योरेन्सको नाफामा डरलाग्दो गिरावटः बीमा शुल्क पनि घट्यो

बीमा बजार बुझेका र ३६ वर्ष भन्दा बढी बीमा क्षेत्रमा विताएका बीमा ज्ञातानै मानिएका लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका सीइओ नुर प्रकास प्रधानको नेतृत्वमा रहेको यस कम्पनीको खुद नाफा मात्रै होइन नाफा र बीमा शुल्कमा समेत डरलाग्दो गिरावट आएको देखिन्छ ।

नयाँ बीमा कम्पनीहरुले ५०/६० प्रतिशत नाफा बढाउँदा लुम्बिनी जनरल इन्स्योरेन्सले चौथो त्रैमासिकको विवरणमा १२ दशमलब ४३ प्रतिशतले नाफा घटाएको देखिन्छ । यसबाट प्रस्ट के देखिन्छ भने कम्पनीको भित्री वित्तिय अवस्था राम्रो छैन । यही कम्पनीबाट नयाँ कम्पनी पुगेर सीइओ भएकाहरुका कम्पनीहरुले डरलाग्दोरुपमा खुदनाफा, बीमा शुल्क र नाफा बढाउदा लुम्बिनी जनरल इन्स्योरेन्सले चाहि किन प्रगति गर्न सकेन यो खोजीकै विषय बनेको छ । यस्तो छ वित्तिय विवरण हेरौः–

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण हालै सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिमा ५८ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको देखिन्छ ।

कम्पनीले गत बर्षको सोहि अवधिमा ६६ करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा २१ दशमलव ४३ प्रतिशतले घटेको प्रस्टै देखिन्छ । समिक्षा अवधिमा कम्पनीको नाफा ११ प्रतिशतले घटेर २० करोड ४१ लाख रुपैयाँमा सिमित भएको । अघिल्लो वर्ष कम्पनीले २५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । यसैबाट प्रस्ट हुन्छ कम्पनी कुन बाटोमा हिँडेको छ भनेर ।

अघिल्लो वर्ष ५६ करोड ९८ लाख रुपैयाँ रहेको बिमा कोषको आकार असार सम्ममा ६४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । असार मसान्त सम्ममा १ अर्ब १४ करोडरुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा २४ करोड १२ लाख रुपैयाँ देखिन्छ ।

यसअवधिमा कम्पनीले कुल ७६ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ६७ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखाएको छ ।कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ८३ पैसा छ । सचेत भया ।

6555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?