जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त

नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त

नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन्। शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले अध्यक्षमा पंज्ञानी नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि अध्यक्ष रहेका डा. चन्द्रबहादुर अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनले राजीनामा दिएका थिए। त्यसपछि अध्यक्षमा पंज्ञानी नियुक्त भएका हुन्।

उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्षका रुपमा पद तथा गोपनियताको सपथ पनि ग्रहण गरिसकेका छन्।

पंज्ञानी अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै गत भदौ २७ गते नेपाल बैंकको संचालक बनेका थिए। उनी अर्थ मन्त्रालयमा प्रशासन विभागमा सहसचिव पनि हुन्।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका