जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको ११ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि बिक्रीमा

महालक्ष्मी विकास बैंकको ११ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि बिक्रीमा

महालक्ष्मी विकास बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्कासन गरेकोे छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरका रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात रू. ६० करोड बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने छ भने बाँकी ४० प्रतिशत अर्थात रू. ४० करोड बराबरको ४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो बाहेक बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमा आएको हो । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिनुपर्नेछ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । ऋणपत्रको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकको भनाई छ ।

1330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका