जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडौंस्थित हिल्टन होटलमा १० प्रतिशतसम्म छुट पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडौंस्थित हिल्टन होटलमा १० प्रतिशतसम्म छुट पाउने

माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकले काठमाडौंस्थित हिल्टन होटलमा छुट पाउने भएका छन्। बैंकले छुटको सम्बन्धमा होटलसँग सम्झौता भएको जनाएको छ।

सम्झौताअन्तर्गत माछापुच्छ्रे बैंकका खातावाला ग्राहक, डेबिट तथा क्रेडिट कार्डवाहक, निओन कार्डवाहक ग्राहक, स्मार्ट युजरहरू र बैंकका कर्मचारीहरूले हिल्टन होटलका विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

बैंकका अनुसार ग्राहकले हिल्टन होटलमा खानपान तथा अन्य सेवाहरूमा उक्त छुटहरू प्राप्त गर्न सक्नेछन्। बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको जानकारी दिएको छ।

1355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका