जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • प्रभु बैंकले बझाङमा गर्‍यो शाखा विस्तार, चैनपुरमा संचालनमा आयो ३०४औँ शाखा

प्रभु बैंकले बझाङमा गर्‍यो शाखा विस्तार, चैनपुरमा संचालनमा आयो ३०४औँ शाखा

प्रभु बैंक लिमिटेडले बझाङमा शाखा विस्तार गरेको छ। बैंकले जयपृथ्वी नगरपालिका वडा नम्बर १० स्थित चैनपुरमा ३०४औँ शाखा संचालनमा ल्याएको जनाएको छ।

बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्‍न ठाउँहरूमा शाखा कार्यालय संचालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरिरहेको छ। यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि हुनुका साथै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले बताएको छ।

बैंकको चैनपुर शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्‍नतीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ।

‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०४ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर छन्।

3020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्