जोडिनुहोस
मङ्लबार, माघ २१, २०८२
मङ्लबार, माघ २१, २०८२
  • होमपेज
  • पाथीभरा केवलकार विवाद: कम्पनीले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो

पाथीभरा केवलकार विवाद: कम्पनीले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो

पाथीभरा देवी दर्शन केवलकार कम्पनीले पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा आन्दोलन गरिरहेका पक्षलाई वार्ताका लागि आह्वान गरेको छ।

कम्पनीले विज्ञप्ति जारी गर्दै वार्ताबाटै समाधान निकाल्ने र परियोजना निर्माणमा सहज वातावरण बनाउने प्रतिबद्धता जनाउँदै वार्ता आह्वान गरेको हो।

कम्पनीले स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको स्मरण गराएको छ। स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना र प्रवर्द्धनमा कम्पनीले सकेको सहयोगको प्रतिबद्धता पनि जनाएको छ।

परियोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कनलगायत सम्पूर्ण प्रक्रिया पूरा गरिएको र स्थानीय कला, संस्कृति, पहिचान तथा धार्मिक परम्परा ख्याल गरेरै अघि बढ्ने पनि विज्ञप्तिमा जनाइएको छ। आवश्यकता अनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालाहरूसँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने जानकारी समेत कम्पनीले प्रतिबद्धता जनाएको छ।

“हामीलाई विश्वास छ वार्ता तथा संवादबाट जुनसुकै समस्याको पनि समाधान निस्कन सक्छ। हामी केबलकार निर्माणमा देखिएका विषयहरूलाई लिएर पहिचानका लागि स्थानीय युवाले वार्ता र संवादका लागि गरेको आग्रहलाई सकारात्मक रूपमा लिन्छौँ र यस विषयमा वार्ता तथा संवादमा बस्न तयार छौँ,” विज्ञप्तिमा भनिएको छ ।

1110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका