जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ग्रामीण विकास लघुवित्तको सीईओमा कटुवाल नियुक्त

ग्रामीण विकास लघुवित्तको सीईओमा कटुवाल नियुक्त

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्याम कुमार कटुवाल नियुक्त भएका छन् । बैशाख १३ गते मंगलवार बसेको सञ्चालक समितिको बैठकले वैशाख १४ गतेदेखि लागू हुने गरी कटुवालाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कटुवालको कार्यकाल आगामी चार वर्षको हुने जानकारी समेत कम्पनीले दिएको छ । 

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत कटुवालले बुधवार पद तथा गोपनियताको सपथ लिएका छन् । अर्थ मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा संस्थाका सञ्चालक समितिका अध्यक्ष धन बहादुर बरुवालले प्रमुख कार्यकारी अधिकृतको पद तथा गोपनियताको सपथ गराएका हुन ।

अर्थमन्त्रालयमा भएको शपथ ग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक शिवहरी दंगाल, मनोज कुमार खडका, भरतराज कोइराला र बाग्मती प्रदेश कार्यालय अन्तर्गत काठमाण्डौ उपत्यका भित्रका यस संस्थाका शाखा प्रवन्धकहरुको समेत उपस्थिति रहेको थियो । नेपाल सरकारको समेत स्वामित्व रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले विपन्न वर्गका जनताको आय आर्जन वृद्धि, स्व–रोजगार सिर्जना र गरिबी न्यूनिकरणका लागि लघुवित्त क्षेत्रमा अग्रणी भूमिका खेल्नुपर्ने आवश्यकतालाई अर्थमन्त्री शर्माले औल्याएका छन् । 

यसअघि कटुवाल यसै कम्पनीमा १ वर्ष ९ महिना कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका कटुवालको बैंकिङ र लघुवित्त क्षेत्रमा करिव २८ वर्षभन्दा बढीको कार्यानुभव रहेको छ । सञ्चालक समितिले कटुवालको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वास लिएको छ । 

2965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका