जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • मंसिर २७ देखि ‘हिमालयन रि’ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

मंसिर २७ देखि ‘हिमालयन रि’ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

चौतर्फी आलोचना भई अदालतमा मुद्दा समेत विचाराधीन रहेको भए पनि हिमालयन रिइन्स्योरेन्स लिमीटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि आईपीओ निश्कासन गर्ने भएको हो ।

यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँको दरले आईपीओ निश्कासन गर्नेछ ।कम्पनीको आईपीओमा छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । पहिलो चरणमै सब्सक्राइब्ड भएमा आवेदन दिने समय पुस ११ गतेसम्म कायम हुनेछैन ।

कम्पनीले कुल ३ करोड कित्ता आईपीओ प्रिमियममा निश्कासन गर्न पाउने अनुमति पाएको थियो । त्यसमध्ये ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गरिसकेका छन् ।

कुल सार्वजनिक निश्कासनको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । यसरी अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर खरीदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

यो कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्दै आएको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र उनीहरुले तोकेका केन्द्रमा गएर वा सिडिएससीको ‘मेरो सेयर’ लगइन गरी अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

2190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका