जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शेयर खेलाडीको कब्जामा नेरुड़े मिर्मिरे लघुवित्त

शेयर खेलाडीको कब्जामा नेरुड़े मिर्मिरे लघुवित्त

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा गम्भीर आर्थिक चलखेल भएको खुलासा भएको छ। तत्कालीन अध्यक्ष सन्तोष फुयाँलको मिलोमतोमा एक समूह विशेषले संस्थाको सेयरमा नियन्त्रण जमाउँदै संस्थागत लुटधन्दा सञ्चालन गरेको प्रमाण सार्वजनिक भएको हो।बिजपाटी डटकमलाई प्राप्त कागजातअनुसार, आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण साउन २६ गते शनिबार सार्वजनिक गरिएको थियो।

सो विवरणमा कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) ६२ रुपैयाँ ४८ पैसा देखाइएको छ। यस्तै विवरण देखाएर साउन २७ र २८ गते फुयाँल समूहका सेयर खेलाडीहरूले प्रति कित्ता ९३३ रुपैयाँदेखि ९८८ रुपैयाँसम्ममा ४ लाख कित्ता सेयर बिक्री गरेका छन्।

प्रति सेयर आम्दानी (ईपीएस) ६२ रुपैयाँ ४८ पैसा देखाइएको नयाँ पत्रिकामा प्रकाशित आर्थिक वर्ष २०८०-८१ को वित्तिय विवरणफुयाँलसँगै उनको परिवारका सदस्य सरोजा फुयाँल, भान्जा शिशिर आचार्य र राम प्रसाद दाहालको नाममा पनि झन्डै १ लाख ५७ हजार कित्ता सेयर बिक्री भएको देखिन्छ।

स्रोतका अनुसार यी सेयरहरू ती समूहले पहिले प्रति कित्ता करिब ६०० रुपैयाँमा खरिद गरेका थिए।वित्तीय विवरणको आधारमा सेयर मूल्य कृत्रिम रूपमा बढाएर बिक्री गरेपछि कम्पनीले साउन २८ गते एक सानो नोटिसमार्फत सार्वजनिक गरिएको आम्दानी तथ्य गलत भएको सूचना पत्रिकाको एउटा कुनामा सार्वजनिक गरिएको थियो।

जसमा प्रति सेयर आम्दानी ६२ रुपैयाँ ४८ पैसा नभई ४६ रुपैयाँ ८६ पैसा भएको उल्लेख गरिएको छ। उक्त सूचना  यसले योजनाबद्ध रूपमा भित्री सूचना प्रयोग गरी बजारमा नाजायज फाइदा लिने उद्देश्यले वित्तीय विवरण हेरफेर गरिएको स्पष्ट संकेत गर्छ।

1680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?