जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • बैंकर्स संघको उपाध्यक्षमा उपाध्याय निर्विरोध, सन्तोष कोइराला र डे सदस्यमा निर्बिरोध छानिए

बैंकर्स संघको उपाध्यक्षमा उपाध्याय निर्विरोध, सन्तोष कोइराला र डे सदस्यमा निर्बिरोध छानिए

नेपाल बैंकर्स संघको रिक्त रहेको तीन पदमा पदाधिकारी निर्विरोध भएका छन्। औपचारिक घोषणा भने मंगलबार हुने साधारणसभाबाट हुने छ।

रिक्त रहेको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायलाई निर्विरोध चयन गरेको हो। नेपाल एसबीआइ बैंकबाट अनुकुल भटनागर बाहिरिएपछि उपाध्यक्ष पद रिक्त थियो। बहालवाला बैंकर मात्र कार्य समितिमा हुने संघको विधानमा ब्यवस्था छ।

बाँकी रहेको दुई सदस्यमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबीआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे निर्विरोध चयन भएका छन्।

माछापुच्छ्रेबाट सुमन शर्मा बाहिरिएपछि एक सदस्य पद रिक्त थियो भने यसैपाली सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको कार्यकाल सकिएपछि त्यहाँ कोइराला चयन भएका हुन्।

संघमा हरेक वर्ष चुनाव हुन्छ। एक वर्ष अध्यक्ष छानिन्छन् भने अर्को वर्ष उपाध्यक्षलगयात बाँकी सदस्य छानिन्छन्। यसपाली बाँकी सदस्यको कार्यकाल बाँकी नै छ। संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी भुवन दहाल छन् ।

7735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका