जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • दुई डेपुटी गभर्नरलाई दायाँवायाँ राखेर नवनियुक्त गभर्नरले भने- सबैको अपेक्षा हामीसँग छ

दुई डेपुटी गभर्नरलाई दायाँवायाँ राखेर नवनियुक्त गभर्नरले भने- सबैको अपेक्षा हामीसँग छ

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले अर्थतन्त्रमा सुधार ल्याउनका लागि वित्तीय स्रोतको सही परिचालन हुनु पर्ने बताएका छन्। दुई जना डेपुटी गभर्नरहरु डा. निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्रलाई दायाँबायाँ राखेर पदभार ग्रहण गरेपछि आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकप्रति सबै वर्ग र समुहको अपेक्षा रहेको बताए। यसपाली गभर्नरको औपचारिक स्वागत कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश दिइएको थिइएन। यसअघिका सबै औपचारिक कार्यक्रमहरुमा सञ्चारकर्मीहरुको अनिवार्य उपस्थिति हुन्थ्यो। राष्ट्र बैंकका कर्मचारीदेखि सुरक्षाकर्मीहरुसम्मले ‘प्रेस’ लाई निम्तो नभएको भन्दै फर्काएका थिए।

गभर्नर पौडेलले राष्ट्र बैंक सबैले विश्वास गर्ने संस्था भएको भन्दै निक्षेपकर्ता, ऋणी, सरकारलगायत आमसर्वसाधारणको ठूलो अपेक्षा रहेको बताए। सुरुमा तीन वटा युनियनका अध्यक्षहरुले मन्तब्य राखेका थिए। त्यसपछि कर्मचारीका तर्फबाट बरिष्ठ कार्यकारी निर्देशक डा. ऋषिकेश भट्टले बोलेका थिए। उनले नवनियुक्त गभर्नरसँग आफूले काम गर्ने समय ३/४ महिनाभन्दा ज्यादा नभएको उल्लेख गर्दै सफलताको सुभकामना दिएका थिए।

‘गभर्नर’साबले कम नियम र ज्यादा सुपरिवेक्षण गर्छु भन्नु भएको छ’ उनले भने, ‘त्यसो हुँदा सुक्ष्म निगरानी घट्छ भन्नेमा मैले विश्वास लिएको छु।’ त्यसपछि डेपुटी गभर्नर बमबहादुर मिश्रले बोलेका थिए। ‘अब मेरो पनि कार्यकाल ८/१० महिना छ। त्यतिन्जेलसम्म गभर्नरसँग हातमा हात र पाइलामा पाइला मिलाएर सहयोग गर्ने छु’ उनले भने।

सबैभन्दा कम बोलेकी डेपुटी डा.निलमले ‘ऐनमा भएको उद्देश्य प्राप्तिका लागि सफलता मिलोस्’ भन्ने शुभकामना दिइन्। कार्यक्रम ४५ मिनेटमा सकिएको थियो।

730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका