जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • आइएमई लाइफ इन्स्योरेन्सको पहिलो एभरेष्ट क्लब विजेता घिमिरे सम्मानित

आइएमई लाइफ इन्स्योरेन्सको पहिलो एभरेष्ट क्लब विजेता घिमिरे सम्मानित

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको क्लब योजनामध्ये सर्वोच्च क्लब ‘एभरेष्ट क्लब’मा पुग्न सफल सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेलाई सम्मान गरेको छ।

घिमिरे ‘एभरेष्ट क्लब’मा स्थान बनाउन सफल पहिलो अभिकर्ता बनेकी हुन्। सोही अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनलाई सम्मान गरेको हो।

कम्पनीले आफ्ना अभिकर्ताहरूलाई प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले यस्तो सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, उच्च व्यवस्थापन टोली, विभागीय प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सम्मान समारोहमा लक्ष्मी घिमिरेका श्रीमान् तथा परिवारका सदस्यहरूको पनि उपस्थिति रहेको थियो, जसले थप हौसला प्रदान गरेको थियो।

सो कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले यो सम्मान केवल एभरेष्ट क्लब मात्र नभइ जीवन बीमा व्यवसायमा निष्ठा, लक्ष्यप्रति प्रतिबद्धता र कठिन परिश्रमको सम्मान रहेको बताए। कम्पनीले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्दै आएको छ । यसले सम्पूर्ण अभिकर्ताहरुलाई अझ ऊर्जावान र प्रेरित बनाउनेछ भन्दै आफ्ना भनाइहरु राखे ।

1535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका