जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको व्यापार १६ प्रतिशतले बढ्यो

एनएलजी इन्स्योरेन्सको व्यापार १६ प्रतिशतले बढ्यो

निर्जीवन बीमक एनएलजी इन्स्योरेन्सले चालू आर्थिक वर्षमा कुल ३ अर्ब रूपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ।

इन्स्योरेन्सका अनुसार आर्थिक वर्ष पुरा हुन एक साता बाँकी छँदै ३ अर्ब रूपैयाँको लक्ष्य पुरा गर्न सफलता मिलेको हो। यो रकम गत आर्थिक वर्षको कुल बीमाशुल्क आम्दानीको तुलनामा १६.२८ प्रतिशत बढी हो।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा २ अर्ब ५८ करोड २३ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सको व्यापार बढाउन सहयोग र समर्थन गरेकोमा ग्राहक, कर्मचारी, सरोकारवाला र व्यवसायीक साझेदारहरूलाई प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले आभार व्यक्त गरेका छन्।

820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका