जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सीआईबीले पक्रियो शक्ति भुजेललाई, अस्ट्रेलिया पठाइदिने प्रलोभन दिएर ठगेका थिए ९२ लाख रुपैयाँ

सीआईबीले पक्रियो शक्ति भुजेललाई, अस्ट्रेलिया पठाइदिने प्रलोभन दिएर ठगेका थिए ९२ लाख रुपैयाँ

ष्ट्रेलिया पठाइदिने प्रलोभन देखाएर करिब दुई वर्षअघि विभिन्न व्यक्‍तिहरुबाट झन्डै एक करोड रुपैयाँ ठगी गरेर फरार रहेका शक्ति  भुजेललाई प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

पीडितलाई खातामा रकम नभइकन भुजेलले ९२ लाख रुपैयाँको चेक काटेका थिए। विभिन्न व्यक्तिलाई अस्ट्रेलिया पठाइदिन्छु भन्दै लिएको रकम फिर्ता दिँदा काटेको चेक बाउन्स भएपछि भुजेल पक्राउ परेका हुन्।

भुजेलविरुद्ध उच्च अदालत पाटनले २०७७ फागुन ५ मा १४ दिन कैद र ९२ लाख जरिवाना फैसला गरेको थियो। अदालतले दोषी ठहर गरेपछि सजाय नभोगी फरार भएका थिए। भुजेललाई प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरोले असार २० मा काठमाडौंको बोहोराटारबाट पक्राउ गरेको हो।

भुजेलले २०७६ सालमा विभिन्न व्यक्तिहरुलाई अष्ट्रेलिया पठाइदिन्छु भनि रकम लिएका थिए। पछि उक्त रकम बराबर मौज्दात बैंक खातामा नरहेको जानाजान झुक्याउनका लागि नबिल बैंकको चेक पिडित व्यक्तिहरुलाई दिएका थिए  ।

5155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका