जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हुण्डी कारोबारमा संलग्न नवराज ढुंगानाको ६९ लाख जफत

हुण्डी कारोबारमा संलग्न नवराज ढुंगानाको ६९ लाख जफत

हुण्डी कारोबारमा रंगेहात पक्राउ परेका नवराज ढुङ्गानाको ६९ लाख जफत भएको छ। विदेशी विनिमय अनुमति नलिई कारोबार गर्ने गरेका ढुंगानाको सो रकम जफत भएको हो। ढुंगानालाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त, बालाजु, काठमाडौंको संयुक्त टोलीले स्रोत नखुलेको ६९ लाख ९९ हजार रूपैयाँ सहित पक्राउ गरेको थियो।

प्रहरीले प्रतिवेदनसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा दाखिला गरेको थियो । खानतलासी तथा वरामदी मुचुल्का,प्रतिवेदन, प्रतिवादीहरुको वयान, खानतलासी तथा बरामदी गर्ने प्रहरी कर्मचारीहरुले गरिदिएको कागज, कल डिटेल्स रेकर्ड, समेतबाट उक्त रकमका सम्बन्धमा अनुसन्धान हुँदा अवैध हुण्डी कारोवार गरेको पुष्टि भएको विभागले जनाएको छ।

अनुसन्धानमा सो रकम जापानमा रहेका भनिएका प्रज्वल ढुंगानाले सुवासजङ्ग पाण्डेलाई भने मुताविक सुवासजङ् पाण्डेले नवराज र फणिन्द्रलाई वरामद उक्त रकम उपलब्ध गराएको देखिएको हो।

अनुसन्धानको क्रममा प्रतिवादीहरूले बरामदीत रकमलाई पुष्टि तथा प्रमाणित गर्ने कागजात पेश गर्न नसकेको, विदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र नलिएको भेटिएको छ।

प्रतिवादीहरूले नेपालमा आउनुपर्ने विदेशी मुद्रा विदेशमै राखी वरामद भएको नेपाली रुपैयाँ बराबरको विदेशी मुद्राको अवैध कारोवार गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१), ४(१), ५, (ग) तथा १२ विपरितको कसूर गरेको देखिएको छ।

3845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?