
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. खगराज शर्माले सपथ लिएका छन् । मंगलबार उनले भूमी व्यवस्था। सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीबाट सपथ लिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले शर्मासागै अर्जुनप्रसाद पोखरेल र नारायण पौडेलको नाम सिफारिस गरेको थियो । तर, सरकारले डा. शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































