
माछापुच्छ्रे बैंकको नाफा ९२.४५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल संचालन आम्दानी १६.५१ प्रतिशत बढेको छ भने संचालन मुनाफा ९९.९१ प्रतिशत बढेको छ।
बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ।
सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ।
११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ।
बैंकको खराब कर्जा सुधार भएको छ। अघिल्लो वर्ष ३.८६ प्रतिशत रहेको खराब कर्जा घटेर ३.८३ प्रतिशतमा आएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































