जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आइएमई पे र वैदेशिक रोजगार विभागको ईपिएस कोरिया शाखावीच सम्झौता

आइएमई पे र वैदेशिक रोजगार विभागको ईपिएस कोरिया शाखावीच सम्झौता

आइएमई पे र वैदेशिक रोजगार विभाग अन्तर्गत ई.पि.एस कोरिया शाखावीच सम्झौता भएको छ । सम्झौता अनुसार ई.पि.एस कोरिया शाखा मार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पे ले गर्नेछ ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउदै आएको छ र सोहि प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पे बाट भुक्तानी गर्न सक्ने छ ।

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

1740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका