जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • साउन लागेपछि २ खर्ब २७ अर्ब तरलता प्रशोचन

साउन लागेपछि २ खर्ब २७ अर्ब तरलता प्रशोचन

देशको वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेकाले नेपाल राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको छ। चालु आर्थिक वर्षको सुरुवाती १८ दिनमै राष्ट्र बैंकले २ खर्ब २७ अर्ब रुपैयाँ प्रणालीबाट खिचिसकेको छ।

आज (साउन २०) राष्ट्र बैंकले ३५ दिने निक्षेप संकलन उपकरणमार्फत तरलता तान्नेछ। यो साउन महिनामा राष्ट्र बैंकले गरिरहेको छैटौं पटकको तरलता प्रशोचन हो।

यसअघि साउन ४, ७, ११, १४ र १८ गते गरी कुल २ खर्ब २७ अर्ब रुपैयाँ प्रशोचन गरिसकिएको छ। बैंक तथा वित्तीय संस्थामा थुप्रिएको तरलता हटाउन राष्ट्र बैंक सक्रिय देखिएको छ।

हाल बैंकिङ प्रणालीमा कर्जाको माग कमजोर छ भने निक्षेप भने बढिरहेको छ। व्यवसायमा सुस्तता र बजारमा लगानीको माग नहुँदा बैंकमा पैसा थुप्रिएको हो। राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (ADF) मार्फत पनि तरलता व्यवस्थापन गरिरहेको छ।

तरलता प्रशोचनमार्फत बैंकिङ प्रणालीमा सन्तुलन कायम गर्ने प्रयास भइरहेको छ। बैंकहरूले लगानीयोग्य परियोजनाको अभावमा कर्जा विस्तार गर्न नसक्दा यस्तो अवस्था देखिएको हो।

1150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका