जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • प्रभु बैंकका ग्राहकलाई मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा छुट

प्रभु बैंकका ग्राहकलाई मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा छुट

प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच सेवा छुटसम्बन्धी सम्झौता भएको छ ।

मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत राजुराना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपलब्ध विभिन्न सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

विशेष गरी बैंकका कर्मचारी तथा ग्राहकहरूलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजनाअन्तर्गत यो छुट उपलब्ध गराइएको हो ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरू प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?