जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बीमा समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन माग

बीमा समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन माग

काठमाडौं । बीमा समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन माग गरेको छ ।

समितिले आज एक सूचना जारी गरी नेपालमा थप एक पुनर्बीमाकम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको हो ।

पुनर्बीमा व्यवसायलाई थप प्रतिष्पर्धी,  प्रभावकारी र क्षमतायुक्तबनाउन आवश्यक भएकाले निजी क्षेत्रका लगानीमा थप एकपुर्नबीमा कम्पनी स्थापनाका लागि इच्छुक व्यक्ती तथा लगानीकर्तासंस्थाका लागि आह्वान गरिएको हो ।

पुनर्बीमा कम्पनीको प्रस्ताव गर्दा चुक्ता पुँजी कम्तीमा १० अर्ब हुनुपर्नेछ।

साथै हाल नेपालमा एउटमा मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमाकम्पनी सञ्चालनमा छ । नयाँ आवेदनकले हाल सञ्चालनभइरहेको उक्त कम्पनीमा लगानी गरेको भए आवेदन दिन नपाउनेसमितिको भनाइ छ ।

साथै समितिले यसअघि पुनर्बीमा कम्पनीका लागि समितिमा दर्ताभएका सबै आवेदन रद्द गरिएको समितिले जानकारी दिएको छ । समितिले एउटा मात्रै पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने तयारीगरेको हो ।

इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र दिउँसो १२ बजेसम्मरितपूर्वक भरेको आवेदन दिन सक्नेछन् ।

6190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका