जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • महालक्ष्मी लाइफको ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान शुरु

महालक्ष्मी लाइफको ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान शुरु

महालक्ष्मी लाइफ इन्स्योरेन्सले  ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान औपचारिक रूपमा शुरु गरेको छ । कम्पनीले  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो अभियान सञ्चालन गरेको हो । 

कम्पनीले काभ्रेको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।  सम्मेलनमा मेचीदेखि महाकालीसम्मका ९० भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारी उपस्थित थिए ।

‘काम गरी आयआर्जन गरौं  बीमा गरी सुरक्षित बनौं’ नारासहित बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रममार्फत बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रूपमा सक्रिय पार्ने लक्ष्य रहेको छ ।

मुलुकमा बढ्दो बेरोजगारीका कारण देशमा युवा समूह कामको खोजीमा विदेश पलायन भइरहेको अवस्थामा तिनलाई कामको अवसर र बीमाको महत्वबारे जानकारी गराउने र उनीहरुमार्फत समाजमा बीमाप्रति जागरण ल्याउने उद्देश्य रहेको छ । सम्मेलनमा कम्पनीका सञ्चालक तथा एम्बिसन कलेजका प्रमुख सुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, बीमाविज्ञ डा दामोदर बस्यौलाले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न संस्थाका प्रमुख कार्यकारी अधिकृत भट्टराईको अध्यक्षतामा देशभरका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रीय समिति गठन गरिएको छ । जिल्ला स्तरमा पनि सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्तालाई समावेश गरी ०७८ पुस मसान्तभित्र जागरण अभियान समिति गठन गर्ने कार्यक्रम रहेको कम्पनीले बताएको छ ।

4375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका