जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • ९४ हजार लाभग्राहीले तिरेनन् सहुलियत ऋण

९४ हजार लाभग्राहीले तिरेनन् सहुलियत ऋण

आर्थिक वर्ष २०८१/८२ मा ९४ हजारभन्दा धेरैले लिएको ७८ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत कुल ९४ हजार ९ सय २० ऋणीले लगेको ७८ अर्ब ६६ करोड कर्जा उठ्न बाँकी रहेको हो।

यसमा कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लगेका ३५ हजार ८ सय ६१ ऋणीले ५७ अर्ब ५५ करोड कर्जा उठ्न बाँकी छ। योबाहेक महिला उद्यमशील कर्जाअन्तर्गत ५७ हजार ६ सय ३६ महिला उद्यमीले लगेको २० अर्ब ९ करोड कर्जा तिर्न बाँकी रहँदा सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १ हजार ४ सय २३ ऋणीले लगेको १ अर्ब २ करोड कर्जा उठ्न बाँकी रहेको हो।

यसअगाडि सरकारले ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण उपलब्ध गराउँदै आएको पैसा दुरुपयोग भएको अध्ययन देखिएको थियो। सहुलियतपूर्ण कर्जाको दुरुपयोग बढेपछि पछिल्लो समय यस्तो कर्जा कम गरिएको थियो।

890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका