जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • युनाइटेड इन्स्योरेन्सको बीमाशुल्क घट्यो

युनाइटेड इन्स्योरेन्सको बीमाशुल्क घट्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा युनाइटेड इन्स्योरेन्सको बीमाशुल्क आर्जन घटेको छ। गत वर्षको भन्दा बीमाशुल्क ४१ प्रतिशतले घटेको हो। पोहोर ५९ करोड रुपैयाँ आर्जन गरेको कम्पनीले चालु वर्षमा ३५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको चैतसम्म १५ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीको नाफा १० करोड रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको नाफा ४७ प्रतिशतले बढेको हो।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको दाबी भुक्तानी २०.७८ प्रतिशले बढेको छ। सो अवधिमा कम्पनीले २९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। गत वर्ष कम्पनीले २४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

अभिकर्ता कमिसनमा एक करोड ९१ लाख रुपैयाँ खर्च गरेको कम्पनीको व्यवस्थापनमा भने एक करोड ८८ लाख रुपैयाँ खर्च भएको छ।

चुक्ता पुँजी एक अर्ब रहेको कम्पनीको जगेडा कोषमा २१ करोड रुपैयाँ छ। बीमा कोषमा ५० करोड रुपैयाँ सञ्चित हुँदा महाविपत्ति कोषमा एक करोड ५६ लाख रुपैयाँ जम्मा छ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी १८.६० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६८.१६ रुपैयाँ रहेको छ।

1045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका