जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु बैंकको नाफामा वृद्धि

अर्थ वाणिज्य

प्रभु बैंकको नाफामा वृद्धि

प्रभु बैंकको नाफामा वृद्धि

प्रभु बैंकले लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ चौथो सार्वजनिक गरेको छ ।

गत आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँमा नाफा कमाएको छ । जुन अघिल्लो आवको चौंथो त्रैमासको तुलनमा ५१.११ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २३.०३ प्रतिशतले वृद्धि भई ६ अर्ब १८ करोड २ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा बैंकको यो आम्दानी ५ अर्ब २ करोड ३३ लाख ५ हजार रुपैयाँ रहेको थियो ।Civil Bank

गत आवको चौथो त्रैमासमा बैंकको संचालन मुनाफा पनि ४७.७५ प्रतिशतले वृद्धि भई ३ अर्ब ८४ करोड ६२ लाख ५० हजार रुपैयाँ कायम भएको छ । उक्त अवधिमा बैंकको वितरण योग्य मुनाफा भने १ अर्ब १४ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोष भने ७ अर्ब १३ करोड ७१ लाख १५ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकले १ खर्ब ७८ अर्ब ६५ करोड २१ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

उक्त अवधिमा बैंकले खराब कर्जा पनि ०.४८ प्रतिशतले घटाएर १.२ प्रतिशतमा झारेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा बैंकको खराब कर्जा १.६८ प्रतिशत रहेको थियो ।

गत आवको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ३० पैसाले वृद्धि भई २० रुपैयाँ ४६ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १५६ रुपैयाँ १६ पैसा रहेको छ ।

1850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका