जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • राष्ट्र बैंकको सर्कुलरका कारण ८ लघुवित्तले दिन पाउँछन् २० देखि २५ प्रतिशत लाभांश

राष्ट्र बैंकको सर्कुलरका कारण ८ लघुवित्तले दिन पाउँछन् २० देखि २५ प्रतिशत लाभांश

राष्ट्र बैंकको नयाँ सर्कुलरका कारण ८ वटा लघुवित्तले २० देखि २५ प्रतिशत लाभांश बाँड्न पाउने भएका छन्। राष्ट्र बैंकले पुँजीकोष र निष्कृय कर्जालाई आधार मानी प्रतिफल वितरणमा गरेको नयाँ व्यवस्था अनुसार ८ वटा लघुवित्तले २० देखि २५ प्रतिशतसम्म लभांश बाँड्न पाउने भएका हुन्।

तीन वटा लघुवित्तले २५ प्रतिशत प्रतिफल वितरण गर्न पाउनेछन्। जीवन विकास साना किसान र घिमेक लघुवित्तले २५ प्रतिशत लाभांश दिन पाउने भएका हुन्। २० प्रतिशत लाभांश दिन पाउने लघुवित्तको सूचीमा डिप्रोक्स, महुली, निर्धन उत्थान ग्लोबल आइएमई र नेसनल छन्।

यसअघि १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्दा विभिन्न कोषमा रकम छुट्याउनु पर्ने व्यवस्था थियो। जसका कारण अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश बाँडेका २१ लघुवित्तमध्ये कुनैले पनि १५ प्रतिशतभन्दा बढी प्रतिफल दिएका थिएनन्।

ऋण असुली प्रभावित भइ अधिकांश लघुवित्तको निष्कृय कर्जा उच्च रहेको र पुँजीकोष अनुपात संकुचन भइरहेको अवस्थामा राष्ट्र बैंकले लाभांश वितरणमा नयाँ व्यवस्था गरेको हो।

पुँजीकोष अनुपात बलियो भएका र निष्कृय कर्जा न्यून भएका लघुवित्ते २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले बताए।

‘विगतमा लघुवित्तले उच्च लाभांश दिन थालेपछि हामीले केही कडाइ गरेका थियौं। लघुवित्तले १५ प्रतिशत भन्दा बढी लाभांश वितरण नगरुन भन्ने थियो,’ उनले भने, ‘सधैं त्यो व्यवस्था राख्ने कुरा भएन। खराब कर्जा कम भएका र पुँजीकोष राम्रो भएका संस्थाले अधिकतम २५ प्रतिशतसम्म लाभांश बाँड्ने पाउने व्यवस्था गरेका छौं।’

खराब कर्जा न्यून भएका र पुँजीकोष अनुपात राम्रो भएका लघुवित्तले लाभांश धेरै वितरण गर्न पाउनेछन्।

नयाँ व्यवस्थाअनुसार पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा बढी र निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम रहेका लघुवित्तले अधिकतम २५ प्रतिशत लाभांश वितरण गर्न सक्नेछन्।

पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा बढी भए पनि निष्कृय कर्जा ५ भन्दा बढी १० प्रतिशतसम्म रहेका लघुवित्तले २० प्रतिशत र निष्कृय कर्जा १० भन्दा बढी १५ प्रतिशतसम्म रहेका लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्न पाउनेछन्।

पुँजीकोष अनुपात १० भन्दा बढी १२ प्रतिशतसम्म भएका लघुवित्तले न्यूनतम १० देखि अधिकतम २० प्रतिशतसम्म लाभांश बाँड्न पाउनेछन्।

पुँजीकोष अनुपात १० भन्दा बढी १२ प्रतिशतसम्म भई निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा कममा रहेका लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्न सक्नेछन्।

त्यसैगरी, निष्कृय कर्जा ५ भन्दा बढी १० प्रतिशतसम्म रहेका लघुवित्तले १५ प्रतिशत र निष्कृय कर्जा १० भन्दा बढी १५ प्रतिशत हुने लघुवित्तले १० प्रतिशतसम्म लाभांश बाँड्ने पाउनेछन्।

पुँजीकोष अनुपात ८ भन्दा बढी १० प्रतिशतसम्म भएका लघुवित्तले न्यूनतम ५ देखि अधिकतम १५ प्रतिशतसम्म लाभांश बाँड्न पाउनेछन्।

पुँजीकोष अनुपात ८ भन्दा बढी १० प्रतिशतसम्म भइ निष्कृय कर्जा ५ प्रतिशतभन्दा कम हुनेले १५, निष्कृय कर्जा ५ भन्दा बढी १० प्रतिशत हुनेले १० र निष्कृय कर्जा १० भन्दा बढी १५ प्रतिशत हुनेले ५ प्रतिशत मात्रै लाभांश बाँड्न सक्नेछन्।

530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका