जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • आयकरको किस्ता बुझाउने अन्तिम दिन सरकारले उठायो २० अर्ब ५५ करोड रुपैयाँ राजस्व

आयकरको किस्ता बुझाउने अन्तिम दिन सरकारले उठायो २० अर्ब ५५ करोड रुपैयाँ राजस्व

आयकरको किस्ता बुझाउने अन्तिम दिन (चैत ३०) गते २० अर्ब ५५ करोड राजस्व संकलन भएको छ। आयकर, भन्सार महसुल, शिर्षकमा सरकारले सो बराबरको राजस्व संकलन गरेको हो। 

चालु वर्षको ९ महिना सकिँदा सरकारले ७ खर्ब ८९ करोड राजस्व संकलन गरेको छ। यो अवधिमा सबैभन्दा धेरै भन्सार महसुल र आन्तरिक राजस्व शिर्षकमा उठेको छ। यो शिर्षकमा ७ खर्ब र २७ अर्ब राजस्व संकलन भएकव छ।

यस्तै गैरकर शिर्षकमा ६१ अर्ब ४७ करोड प्राप्ति भएको छ। 

सरकारले यो अवधिमा कुल ८ खर्ब ४१ अर्ब प्राप्ति गरेको छ भने ७ खर्ब ९४ अर्ब  खर्च गरेको छ। सरकारले चालु वर्षको तेस्रो त्रैमास भुक्तानी बिहिबार मात्रै १२ अर्ब १५ करोड दिएको छ।

5850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्