
आर्थिक वर्ष २०८१/८२ मा नेपालमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह हालसम्मकै उच्चस्तरमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षको अवधिमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपालमा भित्रिएको छ ।
यो वृद्धि विगत वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको थियो । यस वर्ष असार महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड पुगेको छ ।
अघिल्लो वर्ष सोही महिनामा यस्तो रकम १ खर्ब १७ अर्ब ७८ करोड थियो । नेपालमा अमेरिकी डलरमा प्राप्त रेमिट्यान्समा पनि उल्लेखनीय वृद्धि देखिएको छ । समीक्षा वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.३ प्रतिशतले वृद्धि भइ १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































