जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनआइसी एसिया बैंकको रकम लुटपाटमा बैंककै कर्मचारीको संलग्नता

एनआइसी एसिया बैंकको रकम लुटपाटमा बैंककै कर्मचारीको संलग्नता

बैंककै कर्मचारीको संलग्नतामा एनआइसी एसिया बैंकको रकम लुटपाट भएको खुलेको छ। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले बैंकका कर्मचारीसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
गत पुस १८ गते अपराह्न करिब ४ बजे एनआइसी एसिया बैंकको बानेश्‍वर शाखामा नगद कलेक्टर पदमा कार्यरत कागेश्‍वरी मनोहरा-७ काँडाघारी बस्ने २७ वर्षीय प्रदीप खत्रीले बैंकको १६ लाखभन्दा बढी रकम लुटपाट भएको जानकारी शाखालाई दिएका थिए।

खत्रीले काठमाडौं वडा नम्बर १० को वडा कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्स्योरेन्स शान्तिनगरबाट ३ लाख ८५ हजार ४२४ गरी कुल १६ लाख ३० हजार ४२४ रुपैयाँ बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको सूचना बैंकको बानेश्‍वर शाखामा कार्यरत सुरक्षा अधिकृतलाई दिएका थिए।

सुरक्षा अधिकृतले महानगरीय प्रहरी वृत्त नयाँबानेश्‍वरमा सूचना दिएपछि वृत्त र अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले अनुसन्धान कार्य अगाडि बढाएको थियो। प्रहरीले खत्रीउपर शंका लागेर उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा नगद र सो कार्यमा प्रयोग गरिएको सवारी साधनसहित थप तीन जनालाई पनि नियन्त्रणमा लिएको छ।

मुख्य योजनाकार खत्रीलाई सो लुटपाट कार्यमा सिन्धुपाल्चोक गढी नगरपालिका-६ साँगा चोक घर भई हाल ललितपुर धापाखेल बस्ने २४ वर्षीय विमल तामाङ, रामेछापको रामेछाप-२ देउराली घर भई ललितपुर ढोलाहिटी प्रगति मार्ग बस्ने २४ वर्षीय शक्ति राज पौडेल र देउराली नै घर भई हाल भक्तपुरको दधिकोट बस्ने २७ वर्षीय अनिश खड्काले सहयोग गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुबाट १३ लाख ४६ हजार नगद बरामद गरेको छ भने बाँकी दुई लाख ८४ हजार ४२४ रुपैयाँ उनीहरुले खर्च गरिसकेको प्रहरीले जानकारी दिएको छ। उनीहरुमाथि महानगरीय प्रहरी वृत्त नयाँबानेश्‍वरबाट थप अनुसन्धान भइरहेको बताइएको छ।

3930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका