जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायो स्वीकृति

महालक्ष्मी विकास बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायो स्वीकृति

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ। धितोपत्र बोर्डबाट बैंकले बोर्डबाट एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारीका लागि स्वीकृति पाएको हो।

कुल ऋणपत्रमध्ये बैंकले ४० करोड बराबरको सर्वसाधरणलाई बिक्री गर्ने छ। बाँकी रहेको ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।

ऋणपत्रको परिपक्व अवधि १० वर्ष रहेको छ। ऋणपत्रका लागि बैंकले वार्षिक ११ प्रतिशत व्याजदर दिने छ। बैंकले पाकेको व्याज ६/६ महिनामा वितरण गर्ने छ। बैकले ऋणपत्र प्रति कित्ता १ हजार रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ।

ऋणपत्र कम्तिमा २५ कित्ता खरीद गर्नु पर्ने हुन्छ।

3365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?