जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • सामाजिक सञ्जाल कसरी बन्द गर्ने ? दूरसंचार प्राधिकरणका प्राविधिक छलफलमा

सामाजिक सञ्जाल कसरी बन्द गर्ने ? दूरसंचार प्राधिकरणका प्राविधिक छलफलमा

नेपाल दूरसंचार प्राधिकरणले सामाजिक सञ्जाल बन्दका लागि प्राविधिक पक्षका बारेमा छलफल गरेको छ। प्राधिकरण स्रोतका अनुसार प्राविधिक पक्षलाई हेरेर इन्टरनेट सेवा प्रदायक(आइएसपी)लाई बन्द गर्न निर्देशन दिनेछ।

‘संचार तथा सूचना प्रविधि मन्त्रालयबाट सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्न निर्देशन आएपछि प्राविधिक पाटोमा छलफल भइरहेको छ। त्यो छलफलपछि हामीले बन्द गर्न निर्देशन दिनेछौं,’ प्राधिकरणका एक कर्मचारीले भने।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान)का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणको निर्देशन आएपछि बैठक बस्ने र सामाजिक सञ्जाल बन्दको प्रक्रिया अघि बढ्ने बताए। ‘प्राधिकरणबाट बन्द गर्ने पत्र आएपछि हामी संघको कार्यसमितिको बैठक बसेर निर्णय गर्छौं। त्यो पत्रका आधारमा निर्णय भएपछि आजै वा भोलिसम्म सामाजिक सञ्जाल बन्द हुनेछ,’ उनले भने।

870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका