जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • युनाईटेड फाइनान्सको एक पटक ७ वटा शाखा

युनाईटेड फाइनान्सको एक पटक ७ वटा शाखा

युनाईटेड फाईनान्स लिमिटेडले आज एकै साथ भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर, ईटहरी तथा धरानमा गरी ७ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।

भैरहवा शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले एक समारोहका बिच गर्नु भयो । अन्य शाखाहरुको उद्घाटन नगरपालिकाका मेयर, उद्योग वाणिज्य संघका पदाधिकारी तथा संस्थाका संचालकहरुबाट सम्पन्न भयो । यसका साथै फाइनान्सको शाखा संख्या पश्चिममा सुर्खेत देखि पूर्वमा ईलाम सम्म २२ वटा पुगेको छ ।
यसका साथै युनाईटेड फाईनान्स पूजीं तथा शाखा संजालका हिसावले देशको सबै भन्दा ठुलो फाइनान्स कम्पनी बन्न पुगेको छ ।

सेवा संचालनको २५ औं बर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ । फाइनान्सले २०७६ असोज मसान्त सम्म करीव ६ अरव ७० करोड निक्षेप तथा ६ अरव १४ करोड कर्जा परीचालन गरेको छ ।

गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत वोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभं वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

8795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?