जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । आजै बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । कम्पनीले बैशाख २२ गते प्रसाईलाई सिइओमा नियुक्तिको प्रस्ताव सहित बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको थियो । बीमा समितिले प्रसाईलाई सिइओमा नियुक्तका लागि अनुमति दिए सँगै सञ्चालक समितिले आजैदेखि कार्यान्वयन हुने गरी नियुक्त गरेको हो ।

प्रसाईले आजैदेखि कार्यभार सम्हालेका छन् । उक्त अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यज्युबाट प्रसाईले सपथ ग्रहण समेत गरेका छन् । उनले आजैबाट पदभारग्रहण गरेको कम्पनीले जनाएको छ । प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएका छन् ।

कम्पनीले गत फागुनमा उनलाई सल्लाहकारको रुपमा भित्र्याएको थियो । प्रसाईलाई सल्लाहकारमा भित्र्याए सँगै निवर्तमान प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजिनामा दिएका थिए । पौडेलले राजिनामा दिए सँगै कम्पनीले प्रसाईलाई नै नियुक्ति गरेको हो ।

चार्टर्ड एकाउन्टेन्ट प्रसाईले यस अगाडी नेपाल लाइफमा ४ वर्ष तीन महिना काम गरेका थिए । उनले यस अवधिमा ८ महिना प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । उनि नियामक निकाय बीमा समितिको जागिर छाडेर नेपाल लाइफमा भित्रिएका थिए ।

3300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका