जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सनराईज बैंकमा सञ्चालक र सीइओ विवाद चरमः सञ्चालकको राजीनामा

सनराईज बैंकमा सञ्चालक र सीइओ विवाद चरमः सञ्चालकको राजीनामा

सधैभरी विवादमा फरिरहने जनक शर्मा पौड्यालले ग्लोबल आईएमई बैंक छाडी सनराईज बैंकमा आफ्नै बैंकर साथीलाई घात गरी खाएको सीइओको पद उग्र विवादमा अर्थमन्त्री र राष्ट्र बैंकले समेत मिलाउन सकेको छैन ।
बैंकमा सीइओ र सञ्चालकको विवादले उग्ररुप लिएपछि अर्थमन्त्रीले मौखिक रुपमा राष्ट्र बैंकलाई समस्याको समाधान गरी जनक शर्मा पौड्याललाई जोखाउन निर्देशन समेत दिएका थिए । तरपनि समास्याको समाधान भएन र विवादले झन उग्र रुप लिँदै गएको छ ।
सनराइज बैंकको विवाद यति सम्म भयो कि एक सञ्चालकले राजिनामा समेत दिई सकेका छन् । बैंकको स्वतन्त्र सञ्चालक ओमकृष्ण जोशीले अध्यक्ष र अरु सञ्चालकहरुको प्रेसरमा राजीनामा दिएको स्रोतको दावी छ । उनीले बैंक सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् । तर, उनले दिएको राजीनामा स्वीकृत भने भएको छैन ।

जोशीले राजीनामा दिएपनि सनराइज बैंकलाई यस्तो विवादको अवस्थामा पु¥याउने सीइओ जनकराज शर्मा पौडेलका विषयमा भने बैंक बोर्डले कुनै निर्णय नगरे पनि सीइओ पौड्याललाई जसरी भएपनि बर्खास्त गरेर छाड्ने एक सञ्चालकले नाम नलेख्ने सर्तमा आर्थिकबजार न्यूज डटकमसंग बताए ।

8710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका