जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले दिए आवेदन

बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले दिए आवेदन

नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्ष बन्न १४ जनाले इच्छा देखाएका छन्। अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले भदौ १३ गते दरखास्त आह्‍वान गरेकामा १४ जनाले आवेदन दिएका हुन्। शरद ओझालाई हटाएपछि प्राधिकरणको अध्यक्ष पदमा नयाँ नियुक्तिका लागि छनोट प्रक्रिया पुनः सुरु गरिएको थियो।

आवेदन दिनेहरूमा घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी छन्। त्यस्तै, देव कुमार ढकाल, प्राडा दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई र महेश्वर न्यौपानेले पनि आवेदन दिएका छन्। ओझालाई पदबाट हटाइएपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त भएको थियो। ओझाको नियुक्ति र बर्खास्ती विवादास्पद बनेको थियो।

उनलाई गत फागुनमा सरकारले नियुक्त गरेको थियो। पछि उनका योग्यता र अनुभवका कागजातहरूको जाँच गर्दा फर्जी भएको पुष्टि भएको थियो।

असार ३० मा सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले ओझाले पेस गरेको अनुभवको कागजातहरू फर्जी भएको ठहर गरेपछि सरकारले उनलाई स्पष्टीकरण सोधेको थियो। जसको जवाफ चित्तबुझ्दो नभएको भन्दै भदौ २ गते बर्खास्त गर्ने सरकारले निर्णय गरेको थियो।

1435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?